रुपन्देही खबर , ११९ पटक हेरिएको
नवलपरासी , माघ ९
नवलपरासी पश्चिममा मानव बेचबिखन तथा ओसार पसार अभियोगमा ३ जना पक्राउ परेका छन। पक्राउ पर्नेमा रामग्राम नगरपालिका २ हाटबजार बस्ने अन्दाजी वर्ष २१ का कलिम मिया र दुइ भारतीय २६ बर्षिय अरुण मल र २८ बर्षिय शैलेश बर्मा हुन् । मियाले दुई किशोरीहरुलाई ललाई फकाई प्रलोभन देखाई सिमाक्षेत्रसम्म मोटरसाइकलमा लगेर भारतीय नागरिकको जिम्मा लगाएर भारतको गोरखपुरतर्फ लैजादै गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले पाल्हीनन्दन गाउँपालिका ५ चमनटोला स्थित नेपाल भारत दशगजा नजिकबाट सोमबार उनीहरुलाई पक्राउ गरेको हो । भने बेचिन लागेका २ जना किशोरीको उद्धार गरिएको छ ।
मियाले किशोरी लाई बसालेर लैजादै गरेको लु १८ प ५२६९ नं. को मोटरसाईकल र युपी ५३ डिबी ४८३२ समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक एवम् सुचना अधिकारी रेशम बोहराले जानकारी दिनु भएको छ ।
उनीहरूलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको सुचना अधिकारी रेशम बोहराले जानकारी दिनु भएको छ ।
प्रकाशित मिति: २०२४-०१-२३ , समय : २२:०१:५३ , १० महिना अगाडि