रुपन्देही खबर , २६३ पटक हेरिएको
बुटवल, माघ ८
बुटवल उपमहानगरपालिका वडा नम्बर १० मा १५ दिने कफि तथा वेटर तालिम आजदेखि शुरु भएको छ । वडा नं १० का अध्यक्ष बल बहादुर पुनले कार्यक्रमको उदघाटन गदै बोल्दै आफ्नो वडामा रहेका युवा युवतीहरुलाइ केही सिप सिकाएर दक्ष अब्बल बनाउन सके उनिहरुले रोजगारको अवसर पाउन सक्ने बताउनु भएको छ ।
कार्यक्रममा वडा १० का वडा सदस्य रमेश प्रसाद अधिकारीको अध्यक्षता तथा संयोजकत्वमा सुरु भएको हो । उहाले धेरै युवाहरू विदेशीन बाध्य भएकोले युवाहरु लाइ यस्तै किसिमका तालिमहरु दिएर देशमै स्वरोजगार दिन सकिने जोड दिनु भएको थियो ।
ओल्ड स्कुल अफ टुरिजम एण्ड हस्पिटालिटी म्यानेजमेन्ट प्रा लि का सचांलक बिशाल श्रेष्ठले सुसि कोर्स, बारिस्टा, बेकरी, बारटेन्डिङ हाउसकिपीङ ,कुकिङ मिक्सोलोजी,जस्ता कोर्सहरु सिकेर देशमा या बिदेशमा आत्मनिर्भर बन्न सकिने बताउनु भएको छ ।
कार्यक्रम सञ्चालन सचिव गणेश प्रसाद न्यौपानेले गरेका गर्नु भएको थियो ।कार्यक्रममा वडा नं १० का वडा सदस्य यमुना काउचा, मिन सारु रामनगर सामुदायिक वनका अध्यक्ष रुद्र हमाल , समाजसेवी हुम प्रसाद अधिकारी, समाजसेवी डिल्लीराज अर्याल लगायतको सहभागिता रहको थियो।
प्रकाशित मिति: २०२४-०१-२२ , समय : २०:५८:३२ , १० महिना अगाडि