रुपन्देही खबर , ६३५ पटक हेरिएको
भैरहवा, माघ ८
मायादेवी गाउपालिकाको गाउ सभाको पन्ध्रौ अधिवेशन आइबार सम्पन्न भएको छ । मायादेवी गाउपालिका अध्यक्ष ध्रुव नारायण चौधरीको अध्यक्षतामा गाउसभा सम्पन्न भएको हो । गाउ सभाको पन्ध्रौ अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले गाउपालिका बासीको हकहितका लागी सक्रिय भएर काम गर्दै आएको बताउनु भएको छ । उहाले नेपालको संबिधानको मर्म र भावना तथा स्थानिय सरकारसंगको अभिमेत २०७४ , दिगो बिकास, दक्ष योजना, मायादेवी गाउपालिका तथा गाउसभा पारित ऐन, नियमावली तथा कार्यबिधीहरु,स्थानिय तहको योजना तथा बजेट तर्जुमा दिग्दर्शन, तथा प्रचलित कानुन तथा मापदण्डलाई आधार बनाइ जनताको चाहना अनुसार नै सेवा प्रवाह गर्दै आइरहेको बताउनु भएको छ ।
आ.ब. २०८०र ८१ को बजेट निती तथा कार्यक्रम, पालिकाको सफट प्रणाली बिकास , गुणस्तरीय स्वास्थ्य सेवाको पहुचमा अभिबृद्धि गर्ने कार्यलाई प्राथमिकतामा राखी कार्यक्रम तथा बजेटको ब्यवस्था गरिए अनुरुप कार्यक्रम अघि बढिरहेको बताउनु भएको छ । गाउपालिकाबाट संचालित आधाभुत स्वास्थ्य केन्द्रहरु र स्वास्थ्य चौकीहरुबाट प्रदान गरिदै आएको स्वास्थ्य सेवालाई थप गुणस्तरीय बनाउदै लैजाने बताउनु भएको छ ।
गाउपालिका भित्र बसोबास गर्दै आएका गरिब, सिमान्तकृत , तथा पिछडिएका समुदायको क्षेत्रमा आवश्यकता अनुसार स्वास्थ्य सेवाको बिस्तार गर्दै लगिएको उल्लेख गर्नु भयो । स्वास्थ्य संस्थामा सुत्केरी हुने आमाहरु तथा गर्भवती महिलाहरुको लागी बिशेष किसिमको योजना ल्याइएको बताउनु भएको छ । सबैको स्वास्थ्य सुनिश्चिताको लागी घुम्ती सेवा, घरदैलो र जेष्ठ नागरीक, अपांग ता भएका ब्यक्तिहरुको उपचारमा बिशेष छुट प्रदान गरीएको बताउनुभ यो । उहाले जेष्ठ नागरीक सम्मान गर्नुका साथै पोषण सम्बन्धी सामग्री बितरण गर्दै आएको उल्लेख गर्नु भयो । फरक क्षमता भएका ब्यक्तिहरुलाई उनीहरुको आवश्यकता अनुसार सहयोग सामग्री तथा अन्य किसिमका सहयोग गर्दै आइरहेको बताउदै यस्ता क्रियाकलापलाई निरन्तरता दिने प्रतिबद्धता समेत गर्नु भएको छ ।
गाउपालिकाले खेलकुद क्षेत्र लगायत, शिक्षा, स्वास्थ्य क्षेत्रमा बिशेष लगानी गर्दै आएको बताउनु भएको छ । उहाले कृषि क्षेत्र लगायत पशु खोप , पशु ब्यवस्थापन र आहार, सिचाइको लागी कुलोको ब्यवस्थापन , प्रधानमन्त्री रोजगार कार्यक्म अन्र्तगत सामुदायिक बिद्यालय र भवनहरुमा रंगरोगन , सिचाइ कुलो ब्यवस्थापन, खेलकुद मैदान सरसफाइ लगायतका काम गर्दै आएको बताउनु भयो । कृषि पेशालाई ब्यवसायीकरण,यान्त्रीकरण, बजारीकरण गरिबी निवारण निर्मुल पार्न योगदानमा आधारित कृषि बिउ बितरण कार्यक्रम संचालन गरिने बताउनु भएको छ । ब्यवसायिक खेती गर्ने किसानहरुलाई बिउ,बिरुवा तथा कृषि सामग्री ,बितरणमा ५० प्रतिशत , ७५ प्रतिशत , तथा सतप्रतिशत अनुदानका कार्यक्रम संचालन गर्दै आएको बताउनु भएको छ । आर्थिक बर्ष ८० र ८१ मा मायादेवी गाउपालिका भित्र सिचाइ प्रयोजनका लागी खपत हुने बिद्यूत महसुलको लागी बजेट ब्यवस्थापन गर्ने प्रतिबद्धता गर्नु भएको छ । निमार्णाधीन रहेको अधुरा योजनाहरुलाई क्रमागत रुपमा पुरा गर्दै लैजादै गरेको बताउनु भएको छ ।
आन्तरिक आम्दानी साउन १ गतेदेखी पुस मसान्तसम्म गाउपालिकाले कुल संकलन राजस्व ५४ प्रतिशत गरेको जानकारी दिनु भएको छ । कार्यक्रममा अध्यक्षले पेश गर्नु भएको प्रस्तावहरु सर्वसम्मतले पारित गरीएको थियो ।
प्रकाशित मिति: २०२४-०१-२२ , समय : ०८:५१:१९ , १० महिना अगाडि