सुनवलमा अन्तर्राष्ट्रिय स्क्रबल प्रतियोगिता सम्पन्न

गौरीशंकर जयसवाल , १८५  पटक हेरिएको

परासी , माघ ७

पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर ४ स्थित रहेको सुनवल युनाइटेड अङ्ग्रेजी आवसीय मावि तेश्रो र छैठौ स्थान हासलि गरेको छ । यही माघ ४ देखी ६ गतेसम्म काठमाडौँमा सम्पन्न भएको चौथौँ अन्तर्राष्ट्रिय अंग्रेजी स्क्रबल प्रतियोगितामा सुनवल युनाइटेड अङ्ग्रेजी आवासीय मावि तेश्रो र छैठौ हासिल गर्न सफल भएको हो । प्रतियोगितामा बिनिता वर्माले तृतीय स्थान हासिल गर्न सफल भएकी हुन । त्यस्तै सुनवल युनाइटेडकै अंकित बि.कले छैठोँ स्थान हासिल गरेकी छन । तेश्रो र छैठोँ स्थान हासिल गर्दै अन्तर्राष्ट्रिय स्क्रबलमा नेपाललाई अब्बल साबित गर्न सफल भएको यूनाईटेड मावि प्रार्चाय धनराज चापागाईले बताउनु भएको छ । अन्तराष्ट्रीय स्क्रवल प्रतियोगितामा उत्कृष्ट हुने दुबै विद्यार्थीहरु बिनिता वर्मा र अंकित बि.क लाई विद्यालयमा एक कार्यक्रमबीच सम्मान पनि गरेको छ ।

विजयी दुबै जना विद्यार्थीहरुलाई विद्यालयका प्रिन्सिपल धनराज चापागाईले दोसल्लाओडाएर सम्मान गरेका हुन । सुनवल युनाइटेडका विभिन्न विद्यार्थीहरु अङ्ग्रेजी स्क्रबलमा अब्बल रहेको र जिल्ला, राष्ट्र तथा अन्तराष्ट्रीय स्तरमा समेत प्रतिस्पर्धामा उत्रन सक्ने क्षमतावान विद्यार्थीहरु भएकोले यो ऐतिहासिक सफलता प्राप्त भएको विद्यालयका प्रार्चाय चापागाईले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति: २०२४-०१-२१ , समय : २१:१०:५६ , ९ महिना अगाडि