राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देहीको ३३ औ स्थापना दिवस मनाइयो

पार्वती थारु , ३२५  पटक हेरिएको

रुपन्देही, माघ ६

राष्ट्रिय जनमुक्ति पार्टी जिल्ला समिति रुपन्देहीले पार्टीको ३३ औ स्थापना दिवस आज भव्य रुपमा मनाएको छ । रुपन्देहीको श्ुाद्धोधन गाउपालिका वडा नं ५ मानपकडीमा रहेको मानपकडी मन्दिर परिसरमा पार्टीको ३३ औ स्थापना दिवस भव्य रुपमा मनाएकोे राष्ट्रिय जनमुक्ति पार्टी जिल्ला समिति रुपन्देहीका अध्यक्ष प्रेम बहादुर थापाले बताउनु भएको छ ।

कार्यक्रममा बोल्दै अध्यक्ष थापाले जनता जागै अभियान घरदैलोमा गर्दै सुदृढीकारण अभियानमा लागी पर्ने बताउनु भयो । यस्तै पार्टीका केन्द्रिय कार्यकारी अध्यक्ष केशव बहादुर थापा (सुर्यवंशी) ले बोल्दै देशमा कति पार्टी जन्मिए , कति पार्टी विलयी भएर गए, तर राष्ट्रिय जनमुक्ति पार्टी अझै पनि आफ्नो स्वाभिमानमा अडिग रहेर उभिएको बताउनु भएको छ । आज राष्ट्रिय जनमुक्ति पार्टी ३३ वर्षमा पुग्नु पार्टीका लागी आफैमा अविस्मरणीय समय रहेको बताउदै सत्तामा पुग्नु सबै थोक नभएर लक्ष्य प्राप्ति नै ठुलो कुरा भएको र । त्यसतर्फ प्रतिवद्ध रहेको उहाले बताउनु भयो ।

यस्तै पार्टीका वारिष्ठ उपाध्यक्ष कमला थापाले बोल्दै अगामी दिनमा राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकर्ता अझै सशक्त भएर जानुपर्नेमा जोड दिनु भयो ।राष्ट्रिय जनमुक्ति पार्टी जिल्ला समिति रुपन्देहीको आयोजनामा सम्पन्न भएको कार्यक्रमको व्यवस्थापन शुद्धोधन गाउपालिकाले गरेको थियो ।

कार्यक्रममा पार्टीका केन्द्रिय उपाध्यक्ष डा. हाजि मोहम्द हुसेन, पार्टीका अनुगमन तथा मुल्यांकन संयोजक दलबहादुर वीरकट्टा मगर, पार्टीका केन्द्रिय सचिव मोजिब अली, पार्टी प्रदेश महासभा सदस्य नरजंग गुरुङ, पार्टी प्रदेश नं ५ का अध्यक्ष झमबहादुर गुरुङ, पार्टी प्रदेश नं ५ का सचिव चित्र प्रसाद गुरुङ, प्रदेश नं ५ का सदस्य रुमबहादुर फौजा मगर , निर्वतमान जिल्ला सल्लाहकार बलीराम थापा, निर्वतमान जिल्ला सचिव दिलमाया गुरुङ, निर्वतमान जिल्ला उपाध्यक्ष्य टेक बहादुर गुरुङ, नेपाल थारु राष्ट्रिय मन्चका अध्यक्ष रेखाप्रसाद चौधरी, शुद्धोधन गाउपालिका उपाध्यक्ष शान्ता देवी ज्ञवाली, मगर महासंघका केन्द्रिय अध्यक्ष छत्र वहादुर दर्लामी लगायत पार्टीका प्रतिनिधि, शुभचिन्तक तथा स्थानीयको उपस्थिति रहेको थियो । पार्टीको स्थापना दिवसका अवसरमा विशेष झाकी तथा नृत्य समेत प्रस्तुत गरिएको थियो ।

प्रकाशित मिति: २०२४-०१-२० , समय : २२:५५:५४ , १ वर्ष अगाडि

error: कोपि गर्न पाइदैन