रुपन्देही ब्यापार संघको अध्यक्षमा दिपक अधिकारी

रुपन्देही खबर , २००  पटक हेरिएको

बुटवल,माघ ६ 

रुपन्देहीका ब्यवसायीहरुको छाता संस्था रुपन्देही ब्यापार संघको अध्यक्षमा दिपक अधिकारी निर्वाचित हुनुभएको छ । यसअघि संघका द्धितिय उपाध्यक्ष रहनुभएका अधिकारीले संघका बरिष्ठ उपाध्यक्ष डिल्लीराज भण्डारीलाई ८० मतको फरकले पराजित गर्नुभएको हो ।  अधिकारीले कुल खसेको १ हजार ८७ मत मध्ये ५४३ मत प्राप्त गर्दा भण्डारीले ४६३ मत प्राप्त गर्नुभएको थियो ।

अधिकारी र भण्डारीले अलग अलग प्यानल बनाएर निर्वाचन होमिनुभएको थियो ।  संघको अन्य पदाधिकारी र सदस्यहरुमा दुवै प्यानलको मिश्रीत परिणाम आएको छ। संघको प्रथम उपाध्यक्षमा भण्डारी प्यानलका  दयानिधी भण्डारी बिजयी हुनुभएको छ ।  भण्डारीले ५३५ मत पाएर बिजयी हुदाँ उहाँका प्रतिस्पर्धी अधिकारीको प्यानलका ऋषिराम पाण्डेले ४४७ मत प्राप्त गर्नुभएको थियो ।

त्यसैगरी द्धितिय उपाध्यक्षमा ५५७ मतका साथ अधिकारी प्यानलकै प्रेमनाथ पाण्डे बिजयी हुनुभएको छ। उहाँका प्रतिस्पर्धी भण्डारी प्यानलका नामदेव पाण्डेले ४११ मत प्राप्त गर्दा  संघको कोषाध्यक्षमा अधिकारी प्यानलकै मनिराम खनाल ५४४ मतका साथ बिजयी हुनुभयो भने भण्डारी प्यानलका झविन्द्र प्रसाद अधिकारीले ४५२ मत प्राप्त गर्नुभयो ।  

त्यसैगरी सचिव पदमा भण्डारी प्यानलका मनोहरी बस्याल ५२९ मत सहित बिजयी हुदा उहाँका प्रतिस्पर्धी अधिकारी प्यानलका मनिमदिन मियाले ४३८ मत प्राप्त गर्नुभएको थियो। सहसचिव पदमा भण्डारी प्यानलकै प्रकाशराज पौडेलले ५४८ मत सहित बिजयी हुदा उहाँका प्रतिस्पर्धी अधिकारीको प्यानलका मेघनाथ पौडेलले ४४६ मतमा चित्त बुझाउनुपर्यो ।  सहकोषाध्यक्ष पदमा ५१९मत सहित अधिकारीको प्यानलका अर्जुन प्रसाद भटराई बिजयी हुदा भण्डारीको प्यानलका बिनित भटराईले ४८५ मत प्राप्त गर्नुभएको थियो । संघको बरिष्ठ उपाध्यक्षमा प्रकाश ढकाल र महासचिवमा फर्शुराम पन्त यस अघि नै निर्विरोध निर्वाचित भई सक्नुभएको छ । 

संघको सदस्य पदमा केदारनाथ नेपाल, टेकराज पन्थी, बृन्दा भटराई आचार्य ईश्वरा देवकोटा इशु ,अशोक ज्ञवाली, गकुल ज्ञवाली,गोबिन्द प्रसाद चापागाई,घनश्याम भुसाल, जयलाल न्यौपाने, जिवनारायण घिमिरे, जिवलाल पौडेल बिजयी हुनुभएको छ । त्यसैगरी सदस्य पदमै शाभा कुमारी जोशी क्षेत्री, नलराज नेपाल,बालकृष्ण बस्याल,माधव प्रसाद ज्ञवाली, रितेश ज्ञवाली र राजु श्रेष्ठ बिजयी हुनुभएको छ । 

प्रकाशित मिति: २०२४-०१-२० , समय : ०८:४३:५० , ९ महिना अगाडि