रुपन्देही खबर , १९५ पटक हेरिएको
भैरहवा, माघ ६
युवा पत्रकारहरूलाई लक्षित गरि बुटवलमा संचालन भएको तीन दिने डिजिटल प्रविधि तथा अनलाईन व्यवस्थापन तालिमको शुक्रबार एक कार्यक्रमका बिच समापन गरिएको छ ।
तालिम समापनका अवसरमा युवा परिषद लुम्बिनी प्रदेशका उपाध्यक्ष गोविन्द केसीले उद्यम गर्न चाहने युवाहरूलाई नेपालमा धेरै सम्भावना रहेको भन्दै सम्भावनाको पहिचान गर्न नसक्दा युवाहरू बिदेश पलायन भएको बताउनु भएको छ ।
पछिल्लो समय हरेक क्षेत्रमा नयाँ नयाँ प्रबिधिहरु भित्रिएको भन्दै उहाले पत्रकारहरुलाई पनि डिजिटल प्रविधिका बारेमा जानकारी गराउन र अनलाईन सञ्चार माध्यमलाई व्यवस्थित गराउन सहयोग पुर्याउने उदेश्यले तालिम आयोजना गरिएको बताउनु भएको छ । समय र प्रविधिको विकाससँगै पत्रकारिता पेशालाई पनि परिस्कृत गर्दै लैजानुपर्ने भन्दै उपाध्यक्ष केसीले समयको मागसँगै छिटोछरितो र मल्टिमिडियायुक्त पत्रकारिता आजको आवश्यकता भएको उल्लेख गर्नु भएको थियो । ।
कार्यक्रममा सञ्चारिका समुह लुम्बिनीका अध्यक्ष अमृता अनमोल,प्रशिक्षक अमृत गोतामे,पत्रकार विष्णु पोखरेल,रबिन्द्र प्रताप गुप्ता,अस्मिना पाण्डे लगायतले बोल्दै डिजिटल प्रविधि तालिम पत्रकारहरुको लागी उपयोगी भएको बताउनु भएको थियो ।
तालिममा सिकेका सीपलाई व्यवहारमा उतार्न जरुरी रहेको भन्दै पत्रकारितालाई समयानुकूल परिमार्जन र प्रतिस्पर्धी बनाउन प्रविधिको ज्ञान र सीप आवश्यक रहेकोमा जोड दिनु भएको थियो ।
लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश युवा परिषदको आयोजना तथा सञ्चारिका समुह नेपाल
लुम्बिनी प्रदेशको समन्वयमा सञ्चालन भएको तीन दिने तालिममा रुपन्देहीलाई कार्यक्षेत्र बनाइ पत्रकारिता गर्दै आएका २५ जना पत्रकारहरूको सहभागीता रहेको थियो ।
तालिमको बुधबार एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताले उद्घाटन गर्नु भएको थियो ।
प्रकाशित मिति: २०२४-०१-२० , समय : ०७:३२:१९ , १० महिना अगाडि