लक्ष्मी पाण्डे , ३८३ पटक हेरिएको
तिलोत्तमा,माघ ५
रुपन्देहीको तिलोत्तमा वडा नं ७ को पिङ पार्क हरैयामा प्रथम वडा स्तरीय सांस्कृतिक महोत्सव तथा रमाइलो मेला आजबाट सुरु भएको छ । तिलोत्तमा वडा नं ७ को आयोजनामा माघी पर्वको अवसर पारेर नेपाली कला संस्कृति र स्थानिय पर्यटकीय स्थलको संरक्षण र प्रवद्धन गर्ने उद्देश्यका साथ कार्यक्रम सुरु भएको हो ।
आज र भोलि सञ्चालन हुने कार्यक्रमको आज एक औपचारिक कार्यक्रमका साथ सुरुवात भएको छ । सांस्कृतिक कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै तिलोत्तमाका नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणले तिलोत्तमा नगरपालिका अन्तर्गत वडा नं ७ को आयोजनामा भएको वडास्तरीय कार्यक्रम तिलोत्तमा नगरपालिकामा मात्र नभएर नेपालमै पहिलो कार्यक्रम भएको दाबी गर्नु भएको छ ।
वडा स्तरबाट नै एक वडा एक पार्क, एक खेल मैदान,एक योगा भवन, एक खेल मैदान आवश्यकता रहेको र यस कार्यमा नगरपालिका लागि रहेको बताउनु भएको छ । विभिन्न स्थानमा रहेका सार्वजनिक जमिनको संरक्षण गरी सार्वजनिक भवन, पार्क जस्ता जनहितका कार्यमा त्यस्ता जमिनको उपयोग गरी यस्ता खालका सांस्कृतिक महोत्सवको आयोजना गर्दा रोजगारीको सृजना, आर्थिक समुन्नति हुनुका साथै स्थानिय कला , सस्कृतिको समेत संरक्षण , पहिचान हुने कुरामा जोड दिनु भएको थियो।
यस कार्यका लागि आम नागरिकले आफ्नो आफ्नो ठाउँबाट स्थानिय तह, जनप्रतिनिधिलाई सहयोग गर्न समेत आग्रह गर्नु भयो । भर्खर बन्दै गरेको पिङ्ग पार्ककोे विकासका लागि आगामी दिनमा नगरस्तर , प्रदेश स्तर र संघियस्तरबाट नै सहयोग गर्नका लागि आफु लागि पर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका उप प्रमुख जागेश्वरी देवी चौधरीले हरेक जात जातिको आफ्नै कला सस्कृति भएको बताउदै एकले अर्कोको कला संस्कृतिको सम्मान गर्न सक्नुपर्ने कुरामा जोड दिनुभएको थियो । यसरी वडा स्तरबाट आयोजना गरिएको सास्कृतिक कार्यक्रमले आगामी दिनमा हाम्रो कला संस्कृतिको संरक्षणमा सहयोग पुर्याउने कुरामा आफु विश्वस्त रहेको समेत बताउनु भएको छ । यस्ता खालका कार्यक्रम तथा सास्कृतिक महोत्सव कला संस्कृतिको संरक्षण गर्नु आफ्नो पनि दायित्व हुने हुदा आफ्नो स्थानबाट आगामी दिनमा सहयोग पुर्याउने कुरा बताउनु भयो ।
कार्यक्रममा बोल्दै तिलोत्तमा वडा नं ७ का वडा अध्यक्ष देवी प्रसाद पंगेनीले तिलोत्तमा वडा नं ७ मा रहेको एक मात्र पार्क पिङ्ग पार्क वडाकै एक पहिचानका रुपमा रहेको कुरा बताउनु भएको छ । वडा स्तरबाट थालनी गरिएको सांस्कृतिक कार्यक्रम सबैको सहयोग र प्रयासले मात्र सम्भव रहेको कुरा बताउदै धन्यवाद दिनुभयो । वडा नं ७ मा रहेका सार्वजनिक जग्गा निजि रुपमा जोतभोग गर्दै आएकोमा सार्वजनिक हितका लागि ति जग्गा सार्वजनिक जग्गा नै बनाउन सफल भएको कुरा बताउनुभयो र अझै पनि केही जग्गा सार्वजनिक जग्गा निजि भएकोमा फिर्ता ल्याउन बाकी रहेको बताउनु भएको छ । उहाले आगामी दिनमा सबैको सहयोग तथा हातेमालोबाट मात्र वडा , नगर हुदै देशको विकास हुने बताउदै यस कार्यमा आफुले साथ सहयोग पाउने कुरामा विश्वस्त रहेको समेत बताउनु भयो ।
कार्यक्रमको पहिलो दिनमा हास्य कलाकार विष्णु प्रसाद पाण्डे माइला बा, कलाकार स्मृति पाण्डे लगाएतका कलाकारको प्रस्तुति रहेको थियो । पहिलो दिनको कार्यक्रममा विभिन्न स्थानिय सस्कृति झल्काउने भेषभुषा , नाच प्रस्तुत गरिएको थियो । मेला स्थलमा स्थानिय स्तरमा उत्पादित विभिन्न परिकारको समेत स्टल राखिएको छ ।
दुइ दिन सम्म सञ्चालन हुने कार्यक्रमको दोस्रो दिनमा राष्ट्रिय कलाकार श्याम राना, दिपु मगर तथा स्थानिय कलाकारको प्रस्तुती रहने आयोजक जनाएको छ ।
प्रकाशित मिति: २०२४-०१-१९ , समय : २२:०६:३४ , १० महिना अगाडि