रुपन्देहीमा कपडा सहित ट्रक र प्याजसहित मोटसाइकल प्रहरीको नियन्त्रणमा

रुपन्देही खबर , १७७०  पटक हेरिएको

भैरहवा,माघ १

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भन्सार छली ल्याउदै गरेको अबैध कपडासहित ट्रक नियन्त्रणमा लिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको तीस लाख ६३ हजार २ सय ४० रुपैया मुल्य बराबरको अबैध कपडा सिद्धार्थनगर नगरपालिका वडा नंम्बर ८ सिटी अस्पताल चोकबाट बरामद गरेको छ । प्रहरीका अनुसार मकवानपुर थाहा नगरपालिका वडा नंम्बर ४ बस्ने बर्ष ४२ को रामचन्द्र खत्रीले चलाउदै गरेको ना ३ ख ५१८९ नंम्बरको कन्टेनर ट्रकमा लोड गरी लैजान लागेको थानको कपडा ५६० थान १४६३६ मिटर, लेडिज जुत्ता ३४० जोर, नेट कपडाहरु १८९ थान ५१०४ मिटर, दोसल्ला ४४२ पिस र साडी ६१२ पिस कपडा स्थानिय मानिसहरुको रोहवरमा बरामद गरेको छ ।
वरामद भएको सामान, ट्रक र मानिसलाई आवश्यक कारवाहीका लागी भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक मनोहर प्रसाद भटटले जानकारी दिनु भएको छ ।

त्यस्तै गरी रुपन्देही प्रहरीले आइतबार ओमसतिया गाउँपालिका वडा नम्बर ४ बसन्तपुरबाट ४ लाख ५२ हजार ५ सय रुपैया मुल्य बराबरको अवैध प्याज बरामद गरेको छ । भारतबाट अवैध रुपमा नेपालतर्फ भन्सार छली लु ८ प ११३५ र युपी ५५जेड ९२८८ नम्बरको मोटरसाइकलमा ओसापसार गरेको अवस्थामा १३५ बोरा प्याज बरामद गरेकोे प्रहरीले जनाएको छ । वरामद भएको अबैध प्याज र मोटरसाईकल आवश्यक कारवाहीका लागी भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा पठाइएको डीएसपी भट्टले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति: २०२४-०१-१५ , समय : ०७:४७:५० , १० महिना अगाडि