रुपन्देही खबर , २४६ पटक हेरिएको
भैरहवा,पुस २८
लुम्बिनी प्रेस क्लबको सातौं बार्षिक साधारण सभा शनिबार रोहिणी गाउँपालिका वडा नम्बर २ को गौतम बुद्ध सामुदायिक बनमा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष बिपुल पोखरेलले पत्रकारहरु आफ्नो पेशा प्रति सधै ईमान्दार भई लाग्नु पर्ने बताउनु भएको छ। उहाले लुम्बिनी प्रेस क्लब नेपालमै उत्कृष्ट पत्रकारहरुको संस्था भएकोले पनि यसले यस क्षेत्रको समृद्धिका लागि सबै पक्षसंग सहकार्य गर्न आवश्यक रहेको बताउनु भएको छ । उहाले रोहिणी सभ्यता बुद्धको महत्वपूर्ण क्षेत्र रहेकोले यसको विकासको लागि स्थानिय सरकारले प्रचार प्रसारमा ध्यान दिनु पर्ने सुझाव दिनु भएको छ ।
साधारण सभाको बन्द सत्रमा क्लबका कोषाध्यक्ष राधेश्याम विश्वकर्माले पेश गरेको आर्थिक प्रतिवेदन, महासचिव शंकर प्रसाद पाण्डेले पेश गरेको बार्षिक प्रतिवेदन सभाले पारीत गरेको थियो ।
क्लबका कार्यवाहक अध्यक्ष कमल रायमाझीको अध्यक्षता, नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष विपुल पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्का, प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, सिद्धार्थनगर नगर पालिकाका उप–प्रमुख उमा अधिकारी, रुपन्देही प्रहरी प्रमुख भरत बहादुर विश्वकर्मा, शसस्त्र प्रहरी प्रमुख दिपक कुमार थापा, रोहिणी गाउँपालिका अध्यक्ष बिद्या प्रसाद यादव, पूर्व अध्यक्ष सनोज कुमार यादव, सिद्धार्थनगर नगर पालिकाका पूर्व प्रमुख हरि प्रसाद अधिकारी, रोहिणी वडा नम्बर २ का वडा अध्यक्ष करम हुसेन खाँन, सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ लगायतको सहभागीता रहेको थियो । क्लबका महासचिव शंकर प्रसाद पाण्डेको सञ्चालन एवम उपाध्यक्ष श्याम शंकर पाण्डेको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रकाशित मिति: २०२४-०१-१३ , समय : २१:१३:३१ , ११ महिना अगाडि