हाम्रो सुनवल

श्याम प्रसाद न्यौपाने , ४५७  पटक हेरिएको

—————-
पूर्वतिर सरावल छ, पश्चिम रुपन्देही
यिनै दुईकाे बीचमा पर्ने सुनवल यही
उत्तरमा पाल्पा, जिल्ला दक्षिण रामग्राम
नेपालकाे बीचमा पर्ने हाम्राे दिव्य धाम

मिलाएर सुनवल, रामनगर, स्वाठी
बनेकाे हाे पालिका याे परासीकाे माथि
पालिकाकाे कार्यालय सुनवलमै छ
वडाबाटै धेरैजसाे काम हुने रै ‘ छ

कीर्तिपुर, बन्कट्टी र भुमही, बनाहा
हिरागन्ज, अस्नैया र बडेरा, जर्गाहा
रमवापुर, मिस्राैलीका फलफूल मीठा
बिसासय घुम्न जाऊँ साथीभाइसित

नाना धर्म, जातजाति बस्छन् मिलीजुली
बगैंचामा नानाथरी फूलजस्तै फुली
हिन्दु, बाैद्ध, इसाई र इस्लाम धर्म मान्ने
एकापसमा सहिष्णु भै मिली बस्न जान्ने

भाेजपुरी, नेपाली र थारू, कुमाल भाषी
मगर, नेवार, तामाङ भाषी बस्छन् हाँसीहाँसी
नेपाली र नेवारीकाे साहित्य छ राम्रो
दायित्व हाे सबै भाषा उठाउनु हाम्रो

शिवालय, वैरागनाथ, साेमनाथ बाबा
मामी सती सँवरिया दर्शन गर्छन् सब
बर्दगाेरियामा तीजे मेला ठूलो लाग्छ
त्यहाँ घुम्न जाँदा अल्छीपना पर भाग्छ

मन्दिर, गुम्बा चर्च, मस्जिद पवित्र हुन् धाम
यिनै ठाउँ जाने गर्छन् शान्तिकामी आम
श्रद्धा, भक्ति लगाएर पूजा, ध्यान हुन्छ
त्यहाँजस्ताे सुखशान्ति पाइने ठाउँ कुन छ

तर्गाैली ताल, डाकापानी, महल पाेखरीमा
शहीदकाे प्रतिष्ठानमा जाऊँ कुनै दिन
हिलपार्कमा वनभाेज खान कति जाति
सुनवलमा घुम्ने ठाउँ धेरै छन् है साथी

तुरिया र भुमही खाेला अनि भलुही खाेला
मुख्य खाेला तीनवटा अरू धेरै घाेला
कृषियाेग्य जमिनमा गराैं खेतीपाती
खेतीपाती गरी लाेक पाल्नु निकै जाती

प्रकाशित मिति: २०२२-०६-०७ , समय : २२:१५:४२ , २ वर्ष अगाडि