आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस बिभिन्न कार्यक्रम गरी मनाइदै

रुपन्देही खबर , २१३  पटक हेरिएको

भैरहवा, पुस २७

आज पृथ्वीनारायण शाहको ३०२ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस बिभिन्न कार्यक्रम गरी देशभर मनाइँदैछ । पृथ्वीनारायण शाहले राष्ट्रको एकीकरण अभियानमा पु¥याएको योगदानको स्मरण गर्दै उहाप्रती श्रद्धासुमन अर्पण गरिने छ । सोही अवसरमा रुपन्देहीको भैरहवामा पृथ्वी नारायण शाहको जन्मजयन्तीको अवसरमा नगरपरिक्रममा गरी कोण सभा गरीने भएको छ । भने उहाकै नामबाट पृथ्वी चोकको समेत उदघाटन गरिने पृथ्वी जयन्ती समारोहका अध्यक्ष हिरा बहादुर शाहले बताउनु भएको छ । आज बिहान साढे ९ बजे देवकोटा चोकमा जम्मा भएर नगरपरिक्रमा गरी पृथ्वीचोकमा कोणसभा गरी पृथ्वी जयन्ती मनाउने बताउनु भएको छ । उहाले नगरबासीहरुलाई कार्यक्रममा सरिक हुन आग्रह समेतगर्नु भएको छ ।

पृथ्वी नारायण शाहले तत्कालीन गोरखाका राजा शाहले विभिन्न सामाजिक, आर्थिक र भौगोलिक चुनौतीबीच जनताको उत्साहजनक सहयोग र सहभागितामा छरिएर रहेका बाइसे, चौबिसे राज्यलाई एकीकृत गर्न
भएको थियो । उक्त अभियानले राष्ट्रिय स्वाधीनता र सार्वभौममिकतालाई अक्षुण्ण राख्ने आधार तयार गरेका कारण विश्वका पुराना स्वतन्त्र राष्ट्रमध्ये नेपाल एक रहन पुगेको छ।

विसं १७७९ मा जन्मिएका शाहले २० वर्षको उमेरमा गद्दी आरोहण गर्दै तत्कालीन आन्तरिक तथा बाह्यशक्तिलाई पराजित गरेर एकीकरण अभियान सञ्चालन गर्नु भएको थियो । उहाले आफ्नो शासनकालमा दिएका ‘घूस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन’ भन्ने लगायत दिव्योपदेश आज पनि भ्रष्टाचार न्यूनीकरण र सुशास प्रवद्र्धन गर्ने सन्दर्भमा त्यतिकै समय सान्दर्भिक छन् । भौगोलिक अवस्थाको पाटोलाई ध्यान दिँदै उहाले नेपाललाई दुई ढुङ्गाबीचको तरुल भन्नु भएको थियो ।
पछिल्ला वर्षमा उहाँको योगदानका कदर गर्दै सरकारले पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस बनाउन सार्वजनिक बिदाको परम्परा पुनः सुरु गरेको छ ।
उहाको जन्मस्थान गोरखामा भने हरेक वर्ष यो दिवस विशेष कार्यक्रम गरी मनाउने गरिएको छ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रका विभिन्न विशिष्ट महानुभावले शुभकामना सन्देश दिएका छन्। नेपाली सेनाले पनि पृथ्वी जयन्तीका अवसरमा हरेक वर्ष सैनिक मुख्यालय भवन जङ्गीअड्डा परिसरमा रहेको उनको पूर्णकदको सालिकमा माल्यार्पण गरी सम्मान प्रकट गर्दै आएको छ ।उहाको ५२ वर्षको उमेरमा विसं १८३१ मा निधन भएको थियो ।

प्रकाशित मिति: २०२४-०१-१२ , समय : ०८:१९:३५ , ११ महिना अगाडि