इमरान खान , १६९ पटक हेरिएको
कपिलवस्तु, पुस २४
कपिलवस्तु बुद्धभुमि नगरपालिका वडा नंम्बर १० ले वडा भित्रको जेष्ठ नागरिकहरुलाई सिरक वितरण गरेको छ। बिगत केही दिन देखि शितलहरका कारण अत्याधिक जाडो बढेकोले वडा भित्रका गरिब, असहाय तथा जेष्ठ नागरिकहरुको पहिचान गरी २ सय १९ जनालाई
सिरक वितरण गरिएको हो । सिरक पाउदा आफुहरु अत्यन्त खुसी भएको वडा नं. १० का सर्वसाधारणहरुको भनाई छ ।
वडाको वार्षिक कार्यक्रम अनुसार वडामा जेष्ठ नागरिकहरुको आवश्यकता पहिचान गरी सिरक वितरण गरिएको वडा अध्यक्ष संदिप पाण्डेले दिनु भएको छ ।
वडा भित्र गरिब, असहाय तथा जेष्ठ नागरिक पहिचान गरी २१९ जनालाई सिरक वितरण गरिएको तथा जेष्ठ नागरिक हाम्रा अभिभावक हुन उहाँहरुको सेवामा हाम्रो वडाको सम्पुर्ण टिम समर्पित रहेको अध्यक्ष पाण्डेले बताउनु भयो।
प्रकाशित मिति: २०२४-०१-०९ , समय : १९:५९:५७ , ११ महिना अगाडि