उर्मिला यादव यात्री , ६८० पटक हेरिएको
भैरहवा, पुस २२
समाजबादी बिद्यार्थी युनियन नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा राहुल यादव निर्वाचित हुनु भएको छ । समाजबादी बिद्यार्थी युनियन नेपाल लुम्बिनी प्रदेश समितीको भेलाले यादवको अध्यक्षतामा प्रदेश स्तरीय नया कार्य समिती चयन गरेको हो । त्यस्तै गरी बरिष्ठ उपाध्यक्षमा मोहम्मद आदिल खान, उपाध्यक्षमा भगवानदास यादव, उप सचिवमा अमरमणी गुप्ता, सचिवमा राजेश यादव, शशि उपाध्याय, संजय यादव, शैलेश धवल चयन हुनु भएको छ । भने कोषाध्यक्षमा सुनिल यादव सर्वसम्मत चयन हुनु भएको छ । सदस्यहरुमा कुमारी सुमन बर्मा, दयाराम केवट, दुधनाथ यादव, गुलाम धोबी, अंशिका बर्मा, सलमान शेष, सरताज अंसारी, निशा जैसवाल, रिना यादव, रितिश यादव, भगवानदास यादव, अजय कुमार साह, इमरान अन्सारी, रितिका मिश्र चयन हुनु भएको छ ।
नवनिर्वाचित अध्यक्ष यादवले समाजवादी बिद्यार्थी युनियन देशकै गौरवशाली संगठन भएको बताउदै नवनिर्मित समितीले आउने दिनमा प्रदेश र देशमा नै सबैभन्दा उत्कृष्ट कार्य गरेर देखाउने दाबी गर्नु भएको छ । उहाले यस संगठनले लोकतन्त्रमाथि आएको खतरा बिरुद्ध आवाज उठाउने बताउनु भएको छ । अध्यक्ष यादवले लोकतन्त्र, गणतन्त्र र संघियता कसैले दिएर नआएको उल्लेख गर्दै यो हजारौ नेपालीको बलिदानले आएको जोड दिनु भयो । उहाले यसको संरक्षणमा समाजबादी बिद्यार्थी युनियन एकबद्ध भएर अघि बढने प्रतिबद्धता समेत गर्नु भएको छ ।उहाले प्रत्येक पालिका, जिल्ला र प्रदेश लगायत हरेक बिद्यालयमा समाजवादीको संगठन बिस्तार गर्दै लैजाने उल्लेख गर्दै पार्टीको बिचारधारालाई आत्मसाथ गर्दै संगठनलाई अगाडी बढाउने प्रतिबद्धता गर्नु भएको छ ।
कार्यक्रममा समाजवादी बिद्यार्थी युनियन नेपालका केन्द्रिय अध्यक्ष रमेश यादवले समाजमा भएको अराजकताका बिरुद्ध समाजबादी युनियनले आवाज उठाउदै आएको बताउनु भएको छ । उहाले भ्रष्टाचार मुक्त समाज निमार्णका लागी समाजवादी बिद्यार्थी युनियन कटिबद्ध भएर लागेको उल्लेख गर्नुु भयो । उहाले राजनिति क्षेत्रमा भएका बिभिन्न किसिमका बिकृतिहरुले समाजमा बितृष्णा जागेकोले नेताहरुलाई नाताबाद र कृपावाद देखि टाढा रहन आग्रह गर्नु भएको छ । उहाले नेताहरुले आफनो गतिबिधिहरु नसच्याए बाध्य भएर कठोर निर्णय लिनुपर्ने बताउनु भएको छ । उहाले ठोस नितीका साथ काम गरे मात्र संगठन अघि बढने बिश्वास ब्यक्त गर्नु भएको छ ।
लुम्बिनी प्रदेशका कृषि मन्त्री भण्डारीलाल यादवले आफनो पार्टीका धेरै मुद्धाहरु सम्बोधन भएको बताउनु भएको छ । उहाले संघियत गणतन्त्र र नागरीकताको समस्या जनताको माझमा पुरयाउन सके मात्र पार्टीको भबिष्य राम्रो हुने बिश्वास ब्यक्त गर्नु भएको छ । उहाले सुशासनको लागी पनि आफनो पार्टी र नेताहरु कहि कतै नमुछिएको उल्लेख गर्नु भयो । उहाले युवा शक्तिलाई साथमा लिएर अगाडी बढे मात्र पार्टीलाई सोचे अनुरुप अगाडी बढाउन सक्ने जोड दिनु भएको छ । उहाले प्रत्येक जिल्लामा समाजबादी बिद्यार्थी युनियन गठन गर्नुपर्ने बताउदै पार्टीको बिचारलाई जनता माझ पुरयाउनु पर्ने उल्लेख गर्नु भयो । मन्त्री यादवले हरेक जिल्लामा आफुहरुको संगठन नभएकोले गर्दा पछाडी परेको गुनासो गर्नु भएको छ । उहाले लुम्बिनी प्रदेशमा बिद्यार्थी संगठनलाई मजबुत गरेर गए मात्र आउदो दिनमा भबिष्य राम्रो हुने बिश्वास ब्यक्त गर्नु भएको छ ।
कार्यक्रममा समाजवादी बिद्यार्थी युनियन रुपन्देही जिल्ला अध्यक्ष बिरेन्द्र कुमार यादवको स्वागत मन्तब्य रहेको कार्यक्रममा रोहिणी गाउपालिका अध्यक्ष बिद्या यादव, युवा नेता राजु गुप्ता, समाजवादी युनियन कपिलबस्तुका जिल्ला सचिव सुरेन्द्र कुमार थारु, नवलपरासी जिल्ला अध्यक्ष अमरमणी गुप्ता, क्षेत्र नम्बर ३ का क्षेत्रिय अध्यक्ष जावेद आलम, समाजवादी युवा संघ लुम्बिनी प्रदेशका अध्यक्ष बिकास यादव, महिला प्रदेश अध्यक्ष अन्जु चौधरी, लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफले, लुम्बिनी प्रदेश मुख्य सचिव राजन राना, जसपा भातृ संगठन समाजवादी बिद्यार्थी युनियनका कोषाध्यक्ष शत्रुधन यादव, जसपा लुम्बिनी प्रदेश उपाध्यक्ष रामअवतार यादव, जसपा केन्द्रिय सदस्य महेन्द्र यादव,समाजवादी बिद्यार्थी युनियन नेपाल केन्द्रिय उपमहासचिव रचना यादव, जसपा लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादव, जसपा केन्द्रिय सदस्य रेनु चौधरी , जसपाका राजनितिक समिती सदस्य मनिकर कार्की, जसपाका राजनितिक समिती सदस्य तथा लुम्बिनी प्रदेश सहइन्चार्ज नबिन सुनुवार, जसपा थरुहट प्रदेश उपाध्यक्ष ब्यासमुनी चौधरी लगायतले बोल्दै युवा नै आजको कर्णधार भएको बताउदै सम्पुर्ण युवाहरुलाई एकजुट भएर अघि बढन आग्रह गर्नु भएको थियो ।
समाजवादी बिद्यार्थी युनियन नेपाल लुम्बिनी प्रदेश संयोजक राहुल यादवको अध्यक्षता तथा समाजवादी बिद्यार्थी युनियन नेपालका केन्द्रिय अध्यक्ष रमेश यादवको प्रमुख आतिथ्यतामा प्रदेशस्तरीय भेला तथा नया कार्यसमिती चयन गरीएको थियो भनेसमाजवादी बिद्यार्थी युनियनको जिल्ला सचिव कौशलेन्द्र कुमार मिश्राले कार्यक्रम संचालन गर्नु भएको थियो ।
प्रकाशित मिति: २०२४-०१-०७ , समय : ०९:१७:२१ , ११ महिना अगाडि