आइसिसी टी-२० विश्वकप २०२४ मा नेपाल समूह ‘डी’ मा

रुपन्देही खबर , २०५  पटक हेरिएको

भैरहवा, पुस २१

आइसिसी टी-२० विश्वकप २०२४ मा नेपाल समूह ‘डी’ मा परेको छ। प्रतियोगिताको आधिकारिक ब्रोडकास्टर स्टार स्पोर्ट्सकाअनुसार नेपाल रहेको समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स छन्। विश्वकपको समूह चरणका खेल जुन १ देखि १८ सम्म हुनेछन्। त्यसपछि १९ देखि २४ जुनसम्म सुपर ८ हुनेछ। सेमिफाइनल २६ र २७ जुनमा हुनेछ भने फाइनल १९ जुनमा हुनेछ।

समूह ए : भारत, पाकिस्तान, अमेरिका, क्यानडा, आयरल्यान्ड
समूह बी : इंग्ल्यान्ड, अस्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड, ओमान
समूह सी : न्युजिल्यान्ड, वेस्ट इन्डिज, अफगानिस्तान, युगान्डा, पपुवा न्युगिनी
समूह डी : दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश, नेदरल्यान्ड्स, नेपाल

नेपालको खेल

नेदरल्यान्डसविरूद्ध – जुन ४- अमेरिका, डालास
श्रीलंकाविरूद्ध – जुुन ११ – अमेरिका, फ्लोरिडा
दक्षिण अफ्रिकीविरूद्ध – जुुन १४ – सेन्ट भिसेन्ट
बंगलादेशविरूद्ध – जुन १६- सेन्ट भिसेन्ट

समूहमा भारत र पाकिस्तानको खेल जुन ९ मा न्युयोर्कमा हुनेछ। नेपाल रहेको समूहको खेल अमेरिका र वेस्ट इन्डिजमा हुनेछन्। अमेरिका र वेस्ट इन्डिजले आइसिसी टी-२० विश्वकप २०२४ संयुक्तरूपमा आयोजना गर्दैछन्। पहिलो पटक उत्तर अमेरिका क्षेत्रमा पनि हुन लागेको टी-२० विश्वकपमा २० टिमले सहभागिता जाउँदैछन्। सन् २०२४ को टी-२० विश्वकपमा १२ टिम सिधै छनोट भएका थिए भने ८ टिमले क्षेत्रीय छनोट चरण पार गरेका छन्। विश्वकपमा ५५ खेल हुनेछन्। सुरुमा २० टिमलाई ५-५ टिमको ४ समूहमा विभाजन गरिएको हो। ४ समूहका शीर्ष २-२ टिम गरी कुल ८ टिम सुपर-८ मा पुग्नेछन्। सुपर-८ मा पनि दुई समूहमा प्रतिस्पर्धा हुनेछन्। सुपर-२ को दुई समूहका शीर्ष २-२ टिम सेमिफाइनलमा पुग्नेछन्।

प्रकाशित मिति: २०२४-०१-०६ , समय : ०६:३७:१५ , ११ महिना अगाडि