रुपन्देही खबर , २९४ पटक हेरिएको
मर्चवार, पुस २०
सम्मरीमाई गाउँपालिका वडा नम्बर ७ ले श्री पशुपति आधारभुत विद्यालय सम्मरीमाई ७ रामनगरमा अध्यनरत विद्यार्थीहरुलाई पोशाक वितरण गरेको छ । एक कार्यक्रमका बिच वडा नम्बर ७ ले आज ४ सय ४२ जना विद्यार्थीहरुलाई विद्यालयको पोशाक वितरण गरेको सम्मरीमाई गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष राधेश्याम कुर्मीले जानकारी दिनु भएको छ । सामुदायिक विद्यालयमा सामान्य परिवारका बालबालिकाहरु धेरै जसो अध्ययन गर्ने भएकोले पोशाकमा लाग्ने खर्च बचाउने उद्देश्यले वडा कार्यालयले पोशाक वितरण गरेको वडाध्यक्ष कुर्मीले जानकारी दिनु भयो ।
पोशाक वितरण गर्दै सम्मरीमाई गाउँपालिका अध्यक्ष बिनोद कुमार श्रीवास्तवले वडा कार्यालयले विद्यार्थीहरुलाई पोशाक वितरण गरेको कार्य प्रशंसनीय रहेको बताउनु भएको छ । सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर बढाउन गाउँपालिकाले प्रयासरत रहेको बताउदै विद्यालय र विद्यार्थीहरुको निगरानी गर्न अभिभाकहरुलाई आग्रह गर्नु भएको छ ।
कार्यक्रममा सम्मरीमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश कुमार चौधरी, विद्यालयका प्रधानाध्यापक श्रीनेवास पाल लगायतकाले शुभकामना मनतब्य राख्नु भएको थियो ।
प्रकाशित मिति: २०२४-०१-०५ , समय : १८:५९:०६ , ११ महिना अगाडि